
महिलाले सम्हालेका भिमसेन थापा ६ को जनशक्ति मतदान केन्द्रमा शान्तिपूर्ण मतदान
गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ६ को जनशक्ति आधारभुत विद्यालय मोहरियामा महिला कर्मचारी मात्रै खटिएका छन् । जिल्ला निर्वाचन कार्यालयले कर्मचारी परिचालन गर्दा त्यहाँ महिला मात्रै खटिएका हुन् ।
उक्त केन्द्रमा मतदान अधिकृत सबिना लामछिाने, सहायक मतदान अधिकृत पबित्रा लम्साल, सहायक कर्मचारी रामकुमारी श्रेष्ठ, सुस्मिता श्रेष्ठ र सहयोगी कर्मचारी अम्बिका श्रेष्ठ रहेका छन् । ६४९ मतदाता रहेको सो केन्द्रमा बिहान ७ बजदेखि मतदान सुरु भएको मतदान अधिकृत सबिना लामिछानेले बताईन । ‘अहिले सम्म शान्तिपूर्ण ढंगले मतदाता आउने मतदान गर्ने गरिरहनुभएको छ’ उनले भनिन् ।
गोरखाको बालमन्दिर केन्द्र पनि महिलाहरुले सम्हालेका छन् । नमुना केन्द्रको रुपमा त्यहाँ कर्मचारी, सुरक्षाकर्मी सबै महिला खटाइएको छ ।




