
मतदान गरेर पूर्व प्रधानमन्त्री भट्टराई राजधानी प्रस्थान
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मतदान गरेका छन् । पालुङ्टार नगरपालिका वडा नं. १ अन्नपूर्ण मावि मतदानकेन्द्रमा बिहान साँढे आठ बजे लाइनमा बसेर मतदान गरेका उनका सहयोगी लक्ष्मण परियारले जानकारी दिए ।
उनको पुख्र्यौली घर सोही वडाको बेलबास भन्ने ठाउँमा रहेको छ ।

उनकी धर्मपत्नी जसपा नेतृ हिसिला यमीले काठमाडौंको मतदानकेन्द्रमा मतदान गर्नुपर्ने भएकाले भट्टराई दम्पत्ति मतदान सकेर अहिले बिहान काठमाडौ फर्कदै छन् ।


तस्वीर सौजन्य : लक्ष्मण परियार ।




