
मौन अवधिमा मापसे गरेर कांग्रेस र माओवादी कार्यकर्ता बीच झडप
मौन अवधिमा चुनावी गतिविधि गरिरहेका कांग्रेस र माओवादी कार्यकर्ता बीच बुधबार राती झडप भएको छ । अजीरकोट गाउँपालिका १ घ्याच्चोकमा राती १० बजे भएको झडपमा माओवादीका दुई जना घाइते भएका प्रहरीले जनाएको छ ।
कुटाकुट हुँदा स्थानीय बेलबहादुर गुरुङको दुईवटा दाँत भाँचिएको छ भने अर्का विष्णु भुजेल पनि घाइते भएका प्रहरीले जनाएको छ ।
बुधबार बिहान मतदानकेन्द्रमा भएको सर्वदलीय बैठकमा विवाद भएको बिषयमा राती मापसे गरी थप विवाद हुँदा कुटाकुट भएको बुझिएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । ‘जाहेरी दिन्छु भन्ने मौखिक खबर आएको छ तर अहिलेसम्म जाहेरी आएको छैन’, उनले भने ।




