
गोरखा नगरपालिकामा नेकपा एसले कांग्रेसलाई सघाउने (सहमती पत्र सहित)
गोरखा नगरपालिकामा नेकपा एकिकृत समाजवादीले नेपाली कांग्रेसलाई सघाउने भएको छ । प्रमुख, उपप्रमुखमा आफ्नो उम्मेदवारी स्थगनको निर्णय गरेर एकिकृत समाजवादीले कांग्रेसलाई सघाउने निर्णय गरेको जनाएको छ ।
कांग्रेसका नगरसभापति चन्दनबाबु खत्री र नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष सिताराम बुढाथोकीले नगरको तालमेललाई १४ वटै वडा तहमा समेत प्रभावकारी रुपमा कार्यन्वयन गर्न गराउन लगाउने सहमती गरेका छन् । यो सहमती सत्ता गठबन्धनको भावना र मर्मसँग गाँसिएको भन्दै पार्टीका नेता कार्यकर्तालाई कार्यन्वयन गर्न भनिएको छ ।
एकिकृत समाजवादीबाट नगरप्रमुख सानुमाया बस्नेत, उपप्रमुख यादब बस्नेतको उम्मेदवारी स्थगत भएको सहमती पत्रमा उल्लेख छ । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार राजनराज पन्त र उपमेयरमा मसलीमाया थोकरलाई सघाउने गरी एकिकृत समाजवादीले सहमती गरेको हो ।





