| बुधबार, कार्तिक २५, २०८३

गठबन्धन दलबिच ६ बजेहुने भनिएको बैठक अझै सुरु भएन

हिजोराती अवेर स्थगित भएको गोरखाका गठबन्धन दलका नेताहरु बिचको आज हुने भनिएको बैठक अहिले सम्म सुरु भएको छैन । बिहान ६ बजेदेखि बैठक बस्ने गरी शुक्रवार रातीको बैठक स्थगित भएको थियो ।

बिहान सात बजेसम्म बैठक सुरु हुन नसकेको नेताहरुले बताएका छन् ।
गोरखा गार्डेन होटलमा बस्ने भनिएको बैठक सबै नेताहरु नपुग्दा सुरु हुन सकेको छैन । पालिका बाँडफाँडको विषयमा अन्तिम निश्कर्षका निकाल्न कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादी बिच निर्णायक बर्ता हुन लागेको भनिएको छ ।


११ पालिका रहेको गोरखामा कांग्रेसले ७, माओवादीले ५ र जनता समाजवादीले २ वटा पालिका दावी गरेपछि ११ सहमती जुट्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्