| बुधबार, कार्तिक २५, २०८३

जसपा नगएपछि गोरखामा गठबन्धन बैठक स्थगित

पालिका बाँडफाँडको विषयमा अन्तिम टुङ्गो लगाउन सत्ता गठबन्धनका दलहरु बिच आज बस्ने भनिएको बैठक स्थगित भएको छ । गोरखा गार्डेन होटलमा बिहान ९ बजदेखि बसेको बैठ जनता समाजवादी पार्टीका नेता गएपछि करिब १० बजे स्थगित भएको बताइएको छ ।


बैठकमा कांग्रेस, माओवादी, जनता समाजवादीका नेताहरु सहभागी थिए । पुन जनता समावजादी पार्टी सँग समय मिलाएर बैठक बस्ने गरी स्थगित भएको र कुनै निर्णय नभएको सहभागी एक नेताले बताए ।


जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले आज पार्टीको आन्तरिक कामले गर्दा बैठकमा जान नसकिएको बताए । बिहिवार बैठक बसेर टुङ्ग्याउने भन्ने पूर्व योजना अनुसार बैठक नडाकिएको, सम्पर्क गर्दा वेवास्था गरिएको बताउँदै उनले भने ‘कांग्रेस र माओवादीले पेलेर जाने खोजेको देखिन्छ ।’


कांग्रेस र माओवादी बिच सहमती भएको भन्ने चर्चा चलेको बताउँदै उनले गठबन्धन भित्रका जिम्मेवार दलले नै अन्यौल बढाएको बताए । मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दा अहिले सम्म उम्मेदवार छनौट नहुदाँ अन्यौल बढेको बताउँदै उनले जसपा पार्टी भित्र उम्मेदवार चयनको चरणमा रहेको बताए । अब सहमती भयो भने पनि मनोनयन दर्तापछि हुन सक्ने भन्दै उनले आफ्नो पार्टीले मनोनय दर्ता गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्