| बुधबार, कार्तिक २५, २०८३

सभापति न्यौपानेद्वारा कांग्रेसको जिल्ला सदस्यमा आठ जना मनोनित


नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले पार्टीको जिल्ला कार्यसमितिमा आठ जना मनोनित गरेका छन् ।

कांग्रेसको विधानअनुसार न्यौपानेले निवर्तमान सभापति हरिबहादुर घले, गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलगायत आठ जनालाई जिल्ला सदस्यमा मनोनित गरेका हुन् ।


सभापति न्यौपानेले मंगलबार एक सूचना प्रकाशित गर्दै निवर्तमान सभापति घले, गोरखा नगरपालिकाका मेयर पन्त, विश्वदेव श्रेष्ठ, सीपी पोखरेल, इश्वर अधिकारी, ललिता अधिकारी, रीता देवकोटा र सुकबहादुर बिकलाई जिल्ला सदस्यमा मनोनित गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्