
जिल्ला निर्वाचन कार्यालय गोरखामा २३ दलको विवरण दर्ता
गोरखामा क्रियाशील राजनीतिक दल कति वटा होलान् ? धेरैले भन्ने जवाफ हो पाँच/सातवटा । तर जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ २३ वटा राजनीतिक दल सक्रिय छन् ।
निर्वाचन कार्यालयले आईतवारसम्म जिल्लामा क्रियाशील दलहरुलाई बिवरण बुझाउन अनुरोध गरेको थियो । उक्त समयमा गोरखामा २३ वटा दलले आफ्नो जिल्ला कार्य समिति रहेको र क्रियाशील भएको बिवरण बुझाएका छन् ।
बिवरण बुझाउनेमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, मंगोल नेशनल अर्गनाईजेशन, सामाजिक एकता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय नागरिक पार्टी, बिवेकशिल साझा पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल मजदुर किसान पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाली कांग्रेस(विपी), नेपाल सुशासन पार्टी रहेका छन् ।
यस्तै राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल कम्यूनिष्ट पार्टी (माक्र्सवादी, लेनिनवादी) नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी, नेपाल कम्यूनिष्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी र आमूल परिवर्तन मसिहा पार्टी नेपालले जिल्ला निर्वाचन कार्यालयमा बिवरण बुझाएका छन् ।
पाँचवटा राष्ट्रिय दल बाहेकले पनि बिवरण बुझाएको र निर्वाचन आयोगले उक्त विषयमा छानबिन गर्ने र पुन जिल्लामा बिवरण पठाउनेछ । जिल्लामा क्रियाशील नभएका दलहरुले पनि बिवरण भने बुझाएका छन् । यस बारेमा आयोगले छानबिन गर्ने र बिवरण अनुसार क्रियाशील पुष्टि भएमा दल दर्ताका क्रममा राखिएको चुनाव चिन्ह ती दलका उमेद्वारलाई दिने तयारी आयोगको छ ।




