
विवश चिन्तन बने नेकपा (माओवादीकेन्द्र), पालुङ्टार नगर कमिटीको अध्यक्ष
अध्यक्ष चयन गर्न नसकेर गत मंसीर ११ गते स्थगित भएको माओवादी केन्द्र पालुङ्टार नगरकमिटीको अधिवेशन चार महिनापछि सम्पन्न भएको छ ।
विहिबार मतदात प्रक्रियाद्धारा विवश चिन्तन नगर अध्यक्षमा निर्वाचत भएका छन् ।
नगरसमितिको अध्यक्षमा चार जना आकांक्षी थिए ।
अविधेशनले उपाध्यक्षमा सुमन आचार्य, ऋषिराज धौराली र शर्मिला बगालेलाई चयन गरेको छ ।
चार महिनाअघि सुरु भएको अधिवेशनको बन्दसत्रबाट ६५ सदस्य चयन भइसकेका थिए ।
त्यस्तै नगरसमितिको सचिवमा शंकर कँडेल, सहसचिवमा बुद्धि गुरुङ चयन भएका छन् । नगरसमिकिो कोषाध्यक्षमा विकास भट्टराई सर्वसम्मत चयन भएका छन् । भट्टराई यसअघि पत्रकारिता गर्थे ।
नगर अधिबेशनबाट निर्वाचित नगरसमितिका सदस्यहरुमध्येबाट नगरसमितिका पदाधिकारी चयन भएका हुन् ।




