| बुधबार, कार्तिक २५, २०८३

माघ महिनाको ‘पुलिस अफ द मन्थ’ प्रहरी जवान ज्ञवाली घोषित

प्रहरी जवान घनश्याम ज्ञवाली फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।

हरेक महिना राम्रो काम गर्ने एक जना प्रहरीलाई पुलिस अफ द मन्थ पदबाट सम्मान गर्दै आएको गोरखा प्रहरीले आईतवार ज्ञवालीलाई माघ महिनामा उत्कृष्ठ काम गरेको भन्दै पुरस्कृत गरेको प्रहरी निरीक्षक रामजी देवकोटाले बताए ।


जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत उनले प्रशासन, तालिम तथा सुचना प्रविधि शाखामा रहेर आफुलाई तोकिएको जिम्मेवारी उच्च अनुशासनमा रही पूरा गरेको भन्दै उनलाई प्रहरी उपरीक्षक शेखर खनालले पुरस्कृत गरेका हुन् ।


प्रहरीहरुको मनोबल उच्च राख्न गोरखा प्रहरीले हरेक महिना ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै पुरस्कृत गर्ने गरेको छ । पुरस्कृत प्रहरीको फोटो एक महिना सम्म जिल्ला प्रहरी कार्यालयको गेटमा राख्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्