
सोमवार शहिदलखन गाउँपालिकामा बिदा
गोरखाको शहिदलखन गाउँपालिकाले सोमबार स्थानीय बिदा दिएको छ । नेपालका प्रथम शहिद लखन थापाको एक सय ४५ औँ स्मृति दिबसको अवसरमा माघ २ गते बिगतमा जस्तै बिदा दिइएको प्रमुख प्रशासकिय अधिकृत जीबनबहादुर आलेले बताए ।
जहानियाँ राणा शासनका बिरुद्ध आवाज उठाएकै कारण विसं १९३३ फागुन २ गते लखन थापालाई शहिदलखन गाउँपालिका बुङकोट ७ काहुलेभंगारमा झुण्डाएर हत्या गरिएको थियो । उनी सँगै शाहादत प्राप्त गरेका अन्य अग्रणी ६ जना शहीदहरुको स्मृती दिबसको अवसरमा बिदा दिइएको प्रमुख प्रशासकिय अधिकृत आलेले बताए । फागुन ६ गते बसेको गाउँकार्यपालिकाको बैठकले उक्त दिन बिदा दिने निर्णय गरेको उनले बताए ।
सोमवार गाउँपालिका, वडा लगायत सबैकाम बन्द हुनेछ भने स्मृती दिबसको अवसरमा काहुलेभंगारमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।




