
पुस २३ गते कांग्रेस महामन्त्री गगन थापा गोरखा आउँदै
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पुस २३ गते गोरखा आउने भएका छन् । नवनिर्वाचित महामन्त्री थापा नेपाली कांग्रेस गोरखाले आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न आउने कांग्रेसका जिल्ला सचिव किशोरजंग थापाले जानकारी दिए । ।
शनिबार सम्पन्न बैठकले प्रशिक्षणमा महामन्त्री थापालाई गोरखामा बोलाउने निर्णय भएको थापाले बताए ।
शनिवार कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको जिल्ला कार्य समितिको बैठकले पुस २३ र २४ गते जिल्ला कार्य समिति, प्रदेश, पालिका र वडा सभापतिहरुसहित सहभागी हुने गरी अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो । साथै यसअघिको बैठकले वडा वडामा खटाएका प्रतिनिधिले गरिरहेको कामको बारेमा बैठकमा छलफल भएको सचिव थापाले बताए ।




