
बिप्लप नेतृत्वको नेकपाले आज आयोजना गरेको बन्दका कारण बिहानै देखि गोरखा सुनसान
बिप्लप नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धीको बिरोधमा आज नेपाल बन्द आह्वान गरेको जनाएको छ ।
बन्द आह्वानका कारण बिहानैदेखि गोरखा बजार क्षेत्र सुनसान छ । सार्वजनीक गाडी चलेका छैनन् । काउन्टरहरु बन्द छन् । पसलहरु पनि खुलेका छैनन् । फाट्टफुट्ट निजी सवारी साधन चलेका छन् ।
पेट्रोलियम पदार्थमा अप्राकृतिक रुपमा मूल्यवृद्धी गरिएको र आम जनताको जीबनमा दोहोरो मार परेको जिल्ला सेक्रेटरी प्रतिकद्धारा जारी प्रेस बिज्ञप्तीमा भनिएको छ । यातायात, विद्यालय, होटल, रेष्टुरेन्ट, किराना पसल सबै बन्दको आह्वान गरिएको उनले बताए ।
अप्राकृतिक रुपमा मूल्यवृद्धी गरिएको र आम जनताको जीबनमा दोहोरो मार परेको जिल्ला सेक्रेटरी प्रतिकद्धारा जारी प्रेस बिज्ञप्तीमा भनिएको छ । यातायात, विद्यालय, होटल, रेष्टुरेन्ट, किराना पसल सबै बन्दको आह्वान गरिएको उनले बताए ।




