| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेशका लेखापढी कानुन ब्यवशायीको भेला गोरखामा सम्पन्न

नेपाल लेखापढी कानुन ब्यवशायी एशोसियशन गण्डकी प्रदेश स्तरीय भेला शनिवार गोरखामा सम्पन्न भएको छ ।

एशोसियशनका गण्डकी प्रदेशका संयोजक सरोज देबकोटाको अध्यक्षता र गोरखा जिल्ला अदालतका न्यायाधिश दिनबन्ध बरालको प्रमुख आथित्यतामा भेलाको उद्घाटन कार्यक्रम भएको थियो ।


९ वटा जिल्लाको ११ वटा इकाईका प्रतिनिधि सहभागी भेलाले पुन गोरखाका सरोज देबकोटाको संयोजकत्वमा १३ सदस्यिय प्रदेश स्तरीय नेपाल लेखापढी कानुन ब्यवशायी एशोसियशन चयन गरेको छ ।


कार्यक्रममा नेपाल लेखापढी कानुन ब्यवशायी एशोसियसनका बरिष्ठ उपाध्यक्ष गोबिन्दप्रसाद पोखरेल, जिल्ला अदालतका श्रेस्तेदार गोकर्णराज पन्त, सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिबक्त खिमानन्द बराल, बार एशोसियसनका अध्यक्ष यादब शर्मा, प्रमुख मालपोत अधिकृत बासुदेव खतिवडा, नेपाल लेखापढी कानुन ब्यवशायी यशोसियशनका सल्हाकार समिति सभापति रामप्रसाद अधिकारी, यशोसियसनका केन्द्रिय उपाध्यक्षहरु शुर्य बहादुर थापा, लेखनाथ पौडेल, केन्द्रिय सचिवहरु हरिप्रसाद शर्मा, आत्माराम मोक्तान लगायतले धारणा राखेका थिए ।


कार्यक्रममा लेखापढी ब्यवशायलाई मर्यादित, पारदर्शी बनाउनका लागि गोरखा जिल्ला अदालतको तर्फबाट सहयोग गर्ने जिल्ला न्यायाधिश बरालले बताए ।
केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक सरोज देवकोटाले प्रगती प्रतिबेदन पेश गरेका थिए । उक्त प्रतिबेदनलाई भेलाले सुझाब सहित पारित गरेको थियो । कार्यक्रममा ऋषिराम न्यौपाने, ऋषिराम देबकोटा, केदारबाबु मग्राती, मायादेवी सोती, बाग्लुङका अध्यक्ष कल्पना श्रेष्ठ, एशोसियसन कास्कीका अध्यक्ष खडानन्द लामिछाने लगायतले पनि धारणा राखे ।


भेला सुरु हुन अघि गोरखा सदरमुकामको हरमटारी खेलमैदान देखि नयाँ बजारमा रहेको हिमचुली सहकारी संस्थाको भबन सम्म झाँकी, ¥याली बाजागाजा सहित प्रभातफेरी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्