| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको बिभिन्न वडामा कांग्रेसको चियापान

नेपाली कांग्रेस गोरखाको बिभिन्न वडा समितिले शनिवार चियापान एवं शुभकामना आदान प्रदान कर्याक्रम गरेको छ ।

गोरखा नगरपालिका ४ का वडा सभापति शंकरबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, महासमिति सदस्य एवं भिमसेन थापा गाउँपालिका प्रमुख इश्वर पाण्डे, नेपाली कांग्रेस जिल्ला सचिव किशोरजंग थापा, नगरपालिका उपप्रमुख बिनाकुमारी श्रेष्ठ, वडा नम्बर ४ का वडा अध्यक्ष एवं काग्रेस जिल्ला सदस्य खोपबहादुर अधिकारी लगायतले मन्तब्य राखेका वडा समिति सचिव माधव थापा मगरले बताए ।

यस्तै गोरखा नगरपालिका वडा नम्बर १० का वडा सभापति प्रदिप कुँवरको अध्यक्षतामा चियापान एवं शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, कमला पन्त,कांग्रेसका निर्वतमान जिल्ला सभापति हरिबहादुर घले लगायतको उपस्थितीमा कार्यक्रममा भएको हो । सोही क्रममा कपिल काप्रीको अध्यक्षतामा गोनपा १० मा नेपाल तरुण दलको वडा समिति पनि गठन गरिएको छ ।

यस्तै सिरानचोक गाउँपालिका र गण्डकी गाउँपालिकामा पनि कार्यक्रम भएको छ । गण्डकी गाउँपालिकाको बुट्टारमा आयोजित शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रमा जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको प्रमुख आथित्यतामा कार्यक्रम भएको गाउँपालिका सभापति होमबहादुर रानाले बताए ।

वडा सभापति चण्डिका अधिकारी, गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, प्रदेश सभापति खुनप्रसाद रेग्मी, क्षेत्रिय सभापति नारायण लामिछाने लगायतले मन्तब्य राखेका वडा नम्बर ३ का अध्यक्ष एवं कांग्रेस नेता नबराज श्रेष्ठले जानकारी दिए ।

गोरखाको बिभिन्न वडामा नेपाली कांग्रेसको वडा समितिले चियापान एवं शुभकामना आदान प्रदान कार्यक्रम गरेको कांग्रेस गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्