| मङ्लबार, कार्तिक २४, २०८३

कांग्रेस गोरखा २ को महाधिवेशन प्रतिनिधिको मतगणना कछुवा गतिमा, ३७५ मतपत्र गनियो, दवाडीको अग्रता

नेपाली कांग्रेस गोरखा क्षेत्र नं. २ को महाधिवेशन प्रतिनिधिको मतगणना अझै सकिएको छैन । शनिबार राती १० बजेबाट सुरु गरिएको मतगणना १६ घण्टा बितिसक्दा जम्मा ३७५ जनाको मात्र मतगणनाको परिणाम सार्वजनिक भएको छ ।


ढिलो मतगणना भएको र मतगणनास्थल व्यवस्थित हुन नसकेको भनेर आलोचना भइरहेको कांग्रेस गोरखाको क्षेत्र नं। २ को महाधिवेशन प्रतिनिधिको मतगणना जारी छ । छसय ९४ मतगणना गर्नुपर्नेमा १६ घण्टामा जम्मा ३७५ मतगणना मात्र भएको हो ।

३७५ वटा मतपत्र गरिसक्दासम्म मतगणना भएकोमध्य प्रकाशचन्द्र दवाडीको अग्रता कायमै छ । कुनै पनि गुट उपगुटमा खुलेर नलागेका उनले सर्वाधिक (२४७) मत प्राप्त गरेका छन् ।

गोरखा क्षेत्र नम्बर २ मा खुल्ला १० तर्फ तीन सय मत गणना हुँदा यी १० जना अगाडी छन् । छ सय ९४ मत खसेकोमा अझै तीन सय १९ गणना हुन बाँकी छ ।

१० प्रकाशचन्द्र दवाडी – २४७

२० पिताम्बर बढु – २२६

३० दिपकबाबु कंडेल –२२६

४० हरिबहादुर घले – २११

५० बेदप्रसाद काप्री –१९०

६० ओम गुरुङ –१६१

७० सलाउदिन मियाँ – १३२

८० मोहन पोखरेल –१५३

९० धु्रब पन्त – १४९

१०० शुवास अधिकारी – १३२

प्रतिक्रिया दिनुहोस्