
कांग्रेसको क्षेत्र, प्रदेश समितिमा गोरखा नगर कमजोर
नेपाली कांग्रेसको क्षेत्र, प्रदेशमा गोरखा नगर क्षेत्र कमजोर देखिएको छ । १–७ नम्बर वडा निर्वाचन क्षेत्र नम्बर १ र ८–१४ वडा २ मा रहेको गोरखामा पदाधिकारीमा प्रतिनिधित्व कमजोर देखिएको हो ।
क्षेत्र नम्बर १ मा क्षेत्रिय सभापति, उप सभापति, सचिव, सह सचिव कुनैपनि पदमा नगरपालिका भित्रबाट चयन भएका छैनन् । क्षेत्र नम्बर १ को ‘क’ प्रदेश क्षेत्रमा पनि सभापति, सचिव, सह सचिव गोरखा नगरबाट परेनन् । क्षेत्र नम्बर २ को समितिमा पनि गोरखा नगरबाट सभापति, उप सभापति, सचिव, सह सचिव परेनन् ।
प्रदेश क्षेत्र २ को ‘क’ मा सभापति, उप सभापति, सचिव परेनन् । सह सचिव भने गोनपा १० र १२ बाट एक महिला एक पुरुष छन् । बिगतका समितिमा भन्दा अहिले गोरखा नगरबाट नेतृत्वमा पुग्नेको संख्या घटेको हो । नगरभित्रका नेताहरु आन्तरिक गुट बलियो बनाउन लाग्दा यो नतिजा आएको कार्यकर्ताहरु बताउँछन् ।




