
कांग्रेस गोरखा २ को महाधिवेशन प्रतिनिधि मतगणनामा दवाडीको अग्रता कायमै (अन्य टपटेन को विवरण सहित)
ढिलो मतगणना भएको र मतगणनास्थल व्यवस्थित हुन नसकेको भनेर आलोचना भइरहेको कांग्रेस गोरखाको क्षेत्र नं. २ को महाधिवेशन प्रतिनिधिको मतगणना जारी छ । छसय ९४ मतगणना गर्नुपर्नेमा १३ घण्टामा जम्मा तीनसय मतगणना मात्र भएको छ ।
अहिलेसम्म मतगणना भएकोमध्य प्रकाशचन्द्र दवाडीको अग्रता कायमै छ । कुनै पनि गुट उपगुटमा खुलेर नलागेका उनले सर्वाधिक (२०१) मत प्राप्त गरेका छन् ।
गोरखा क्षेत्र नम्बर २ मा खुल्ला १० तर्फ तीन सय मत गणना हुँदा यी १० जना अगाडी छन् । छ सय ९४ मत खसेकोमा अझै तीन सय ९४ गणना हुन बाँकी छ ।
१) प्रकाशचन्द्र दवाडी – २०१
२) पिताम्बर बढु – १८२
३) दिपकबाबु कंडेल –१७६
४) हरिबहादुर घले –१७०
५) बेदप्रसाद काप्री –१४८
६) ओम गुरुङ –१३८
७) सलाउदिन मियाँ – १३२
८) मोहन पोखरेल –१२२
९) धु्रब पन्त – १२०
१०) शुवास अधिकारी – १०५




