| मङ्लबार, कार्तिक २४, २०८३

कांग्रेस गोरखा महाधिवेशन प्रतिनिधि(खुल्लातर्फ)को पछिल्लो मत परिणाम


नेपाली कांग्रेस गोरखाको क्षेत्रीय अधिवेशनको मतगणना जारी छ ।

क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधि(खुल्लातर्फ)को मतगणनाको पछिल्लो नतिजाअनुसार नन्दप्रसाद न्यौपानेको मत सबैभन्दा बढिरहेको छ । उनले ६४९ मत प्राप्त गरेका छन् ।

त्यस्तै राजेन्द्र बजगाईको ५४८, राजनराज पन्तको ४४०, प्रेमकुमार खत्रीको ४४५, धिरन थापाको ५३३ मत आएको छ । त्यस्तै देवेन्द्र वाग्लेको ५१५, पूर्ण दाहालको ४०३, इश्वर पाण्डेको ३३६ मत रहेको छ ।

चुस्त र ब्यबस्थित हुन नसकेको क्षेत्र नं. २ को मतगणनाको ताजा नतिजा पाउन नसकिए पनि केही अघि प्राप्त महाधिवेशन प्रतिनिधि(खुल्ला)तर्फको मत गणनाको नतिजा अनुसार सबैभन्दा धेरै प्रकाशचन्द्र दवाडीले मत प्राप्त गरेका छन् ।

प्रकाशचन्द्र दवाडीको १५३, दीपकबाबु कँडेलको १३२, पिताम्बर बडुको १४२, वेदप्रसाद काप्रीको ११३, हरिबहादुर घलेको १२१ मत आएको छ ।
अन्य उम्मेदवारको मत परिणाम यसप्रकार छ ः

प्रतिक्रिया दिनुहोस्