
गोरखा क्षेत्र नम्बर १ मा १०२७ र २ मा ६९४ मत खस्यो, मत गणना सुरु हुँदै
नेपाली कांग्रेस गोरखाको अधिवेशन अन्र्तगत शनिवार ५० जना प्रतिनिधिका लागि एक सय १९ जना बिच प्रतिषपर्धा भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा २५ जनाका लागि ५८ जना र २ मा २५ जनाका लागि ६१ जनाको उमेद्ववारी परेको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।
एक हजार एक हजार ४३ मतदाता रहेको क्षेत्र नम्बर १ मा एक हजार २७ मत खसेको छ भने सात सय दुई जना मतदाता रहेको क्षेत्र नम्बर २ मा छ सय ९४ मत खसेको छ ।
क्षेत्र नम्बर २ मा अल्पसंख्या, मुस्लिम अपाङ्ग कोटामा अब्दुल सतारको मात्र उमेद्ववारी परेपछि उनी निर्बिरोध चयन भएका छन् । क्षेत्र नम्बर २ मा २५ जना र १ मा २५ जना महाधिवेशनका लागि मतदान भएको हो । मतदानको नतिजा भने आईतवार मात्रै आउने निर्वाचन समितिले जनाएको छ ।
क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधिका लागि खुल्ला पुरुषमा १० जनाका लागि २२ जनाको उमेद्धार थिए । खुल्ला महिलामा ४ जनाका लागि ९ जना, खस आर्य तर्फ दुई जना पुरुषका लागि ७ जना, एक जना महिलाकालागि चार जनाको उमेद्धवारी बिच चुनाब भएको हो । आदीबासी जनजातीमा तीनजनाका लागि पाँच जना, महिला तीन जनाका लागि पाँच जना, दलित एक जनाको लागि चार जना र अल्पसंख्या मुस्लिम अपाङ्क मध्ये एक जनाका लागि दुई जनाको उमेद्धवारी परेको र मतदान भएको मतदान अधिकृत लक्षमणबाबु आचार्यले बताए ।




