| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा क्षेत्र नम्बर १ मा २५ महाधिवेशन प्रतिनिधिका लागि ५८ जनाको उमेद्धवारी

गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधि पदका लागि ५८ जनाको उमेद्धवारी परेको छ । जसमा खुल्ला पुरुषमा १० जनाका लागि २२ जनाको उमेद्धवारी परेको मतदान अधिकृत लक्ष्मणबाबु आचार्यले बताए ।\


खुल्ला महिलामा ४ जनाका लागि ९ जना, खस आर्य तर्फ दुई जना पुरुषका लागि ७ जना, महिलामा एक जना चाहिने चार जनाको उमेद्धवारी परेको छ । आदीबासी जनजातीमा तीनजना चाहिने पाँच जना, महिला तीन जनाका लागि पाँच जना, दलित एक जनाको लागि चार जना र अल्पसंख्या मुस्लिम अपाङ्क मध्ये एक जनाका लागि दुई जनाको उमेद्धवारी परेको मतदान अधिकृत आचार्यले बताए ।


शनिवार बिहान ८ बजेदेखि नेपाली कांग्रेसको पार्टी कार्यालय तीनधारेमा मतदान सुरु हुनेछ । अन्तिम नामावली प्रकाशन भएको र शनिवार निर्वाचनको कार्यक्रम हुने आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्