
कांग्रेसको क्षेत्रिय सभापतिमा नारायण लामिछाने सर्वसम्मत
नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर १ को सभापतिमा नारायण लामिछाने सर्वसम्मत भएका छन् ।
लामिछाने सँगै क्षेत्र नम्बर १ मा इश्वर अधिकारीको उमेद्धवारी परेको थियो । उनले उमेद्धवारी फिर्ता लिएपछि लामिछाने सर्वसम्मत भएका हुन् । क्षेत्र नम्बर १ का सभापति लामिछाने यस अघि जिल्ला समितिको सह सचिव थिए ।
क्षेत्र नम्बर १ को उप सभापति भने प्रदेश क्षेत्र १ क का सभापति खुनप्रसाद रेग्मी र १ ख को सभापति ठाकुर भट्ट स्वतः हुनेछन् ।
क्षेत्र नम्बर १ को सचिवमा शरण श्रेष्ठ र रोशन गुरुङ निर्बिरोध चयन भएका छन् । सह सचिवमा भने पुस्कर गुरुङ, नारायण भट्ट, बिमल रम्तेल, रमेश बञ्जारा र सुन्दरबाबु अधिकारी गरी पाँच जनाको उमेद्धवारी परेको छ ।




