
निर्माण ब्यवशायी संघ गोरखाको अधिवेशन मंसीर १६ र १७ गते हुने
निर्माण ब्यवशायी संघ गोरखाको अधिवेशन मंसिर १६ र १७ गते हुने भएको छ । गत साता संघको बैठकले २३ औँ अधिवेशनको मिति तय गरेको महासचिव सूर्य भण्डारीले बताए ।
अधिवेशनबाट संघले नयाँ नेतृत्व चयन गर्नेछ । करिब दुईसय ७० जना निर्माण ब्यवशायी संघमा आवद्ध छन् । ब्यवशायीको हक हितका लागि काम गर्ने उद्देश्यले संघ २०४८ सालमा स्थापना भएको हो । कोभिडका कारण जिल्ला अधिवेशन केही समय ढिला हुन पुगेको महासचिव भण्डारीले जानकारी दिए ।




