| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा क्षेत्र नम्बर २ प्रदेश ‘क’ सभापतिमा दिर्घमान गुरुङ बिजयी

नेपाली कांग्रेसको क्षेत्र नम्बर २ प्रदेश ‘क’ को सभापतिमा दिर्घमान गुरुङ (नारायण) बिजयी भएका छन् । उनले एक सय ७९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्धन्द्धी भानुभक्त थापाले एक सय चार मत पाएका थिए ।


उप सभापति पदमा एक सय ९० मत प्राप्त गरेर कमलादेवी देबकोटा र एक सय ७७ मतका साथ केदारनाथ देबकोटा निर्वाचित भए । सचिव पदमा सबैभन्दा धेरै दुई सय २४ मत पाएर सुरज श्रेष्ठ र एक सय ७९ मतले प्रसान्त देबकोटा बिजयी बने ।


सह सचिव पदमा एक सय ६७ मत पाएर सुजना पन्त र एक सय ३६ मतले किरण आले बिजयी बने । मत गणना आज बिहान मात्र सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्