| मङ्लबार, कार्तिक २४, २०८३

नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर १ ‘ख’ को सभापतिमा ठाकुर भट्ट चयन

नेपाली कांग्रेसको गोरखा क्षेत्र नम्बर १ ‘ख’ को सभापति पदमा ठाकुर भट्ट निर्विरोध चयन भएका छन् । आज आरुघाटमा भएको अधिवेशनबाट भट्ट सर्वसम्मत सभापति पदमा चयन भएका हुन ।
सभापति सँगै अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन् ।

उप सभापतिमा बलराम ढकाल र मणिलाल गुरुङ, सचिवमा यमलाल लामिछाने, ऋषिराम लामिछाने चयन भएका छन । सह सचिवमा विश्वनाथ अधिकारी र समिर ढकाल चयन भएका मतदान अधिकृत कृष्णराज पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्