
गोरखामा मंगलवार हुने कांग्रेसको प्रदेश क्षेत्रको निर्वाचन तालिका सार्वजनीक
गोरखामा मंगलवार हुने नेपाली कांग्रेसको प्रदेश क्षेत्रको निर्वाचन तालिका सार्वजनीक गरेको छ । मंगलवार हुने चारवटा प्रदेश क्षेत्रको अधिवशेनका लागि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । ८ः३० बजे देखि १०ः४५ बजे सम्म उमेद्धवारी दर्ताको समय तोकिएको सहायक निर्वाचन अधिकृत शिबबहादुर थापाले बताए ।
११ :१५ देखि ११ः३० बजे नेपाली बणानुक्रम अनुसार उमेद्धवारको नामावली प्रकाशन गरिनेछ । ११ः३० देखि १२ः१० बजे सम्म उमेद्धवारीमा दावी बिरोध तथा मनोनयन फिर्ता लिने समय तोकिएको छ । १२ : ३० बजे अन्तिम नामावली प्रकाशन र १ः३० देखि ४ः३० सम्म मतदान हुने सहायक निर्वाचन अधिकृत थापाले बताए ।
बेलुकी ७ बजे सम्म मतगणना सक्ने गरी तालिका बनाइएको उनले बताए । चारवटै प्रदेश क्षेत्रमा खटिएका मतदान अधिकृतलाई एउटै तालिका पठाइएको बताउँदै उनले निर्वाचन भएको खण्डमा एकैसाथ नतिजा आउन सक्ने उनले बताए ।
प्रदेश क्षेत्र १ क को गोरखा सदरमुकाम, ख को आरुघाट बजार, प्रदेश क्षेत्र २ क को पालुङटार र ख को भच्चेक बजारमा अधिवेशनको कार्यक्रम तोकिएको छ ।




