
कांग्रेस गोरखाको छ वटा पालिकाको सभापति सर्वसम्मत, पाँच वटामा मतदान हुने संभाबना
नेपाली कांग्रेसको छ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
आज भएको १४ औँ अधिवेशनमा चुमनुब्री गाउँपालिकामा सुर्य गुरुङ, धार्चे गाउँपालिकामा सन्तोष गुरुङ, आरुघाट गाउँपालिकामा राजु गुरुङ, शहीदलखन गाउँपालिकामा काशिनाथ अम्गाई, अजिरकोट गाउँपालिकामा जंगबहादुर गुरुङ, गण्डकी गाउँपालिकामा होमबहादुर राना सर्वसम्मत नेतृत्वमा चयन भएका हुन् ।
गोरखा नगरपालिकामा भने चन्दनबाबु खत्री र डिलबहादुर थापा मगर बिच प्रतिषप्रर्धा हुने भएको छ । अहिले मतदानको प्रक्रिया सुरु भईसकेको छ । पालुङटार नगरपालिकामा अमर धिताल र बिमल ढकालले उमेद्धवारी दर्ता गराएका छन् ।
त्यहाँ पनि निर्वाचन हुने पक्कापक्की छ ।
भिमसेन थापा गाउँपालिकामा नारायण भट्टराई र दिनेश (लक्ष्मण) नरालले उमेद्धवारी दर्ता गराएका छन् । लामो समय छलफल भएपनि सहमती हुन सकेन ।
बारपाक सुलिकोट गाउँपालिकामा जितबहादुर घले र केशरी ढकालले पालिका सभापतिमा दावी गरेका छन् । त्यहाँ पनि निर्वाचन हुने संकेत छ ।
सिरानचोक गाउँपालिकामा भने उमेद्धवार चार जना छन् । ज्ञानेन्द्र गुरुङ, बिरबहादुर थापा, भक्तबहादुर गुरुङ र जयकृष्ण ढकालले उमेद्धवारी दर्ता गराएका छन् । यहाँ चारै जनाले आफ्नो दावी छाडेका छैनन् ।




