
ग्रामिण सडक तत्काल गाडी गुड्ने बनाउन प्रजिअको निर्देशन
गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले सडक आयोजना कार्यालयहरुलाई आफु मतहतको सडक तत्काल बनाउन निर्देशन दिएका छन् ।
शुक्रवार जिल्ला प्रशासन कार्यालयमा प्रजिअ आचार्यको अध्यक्षतामा बसेको बैठकले ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना, पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना र पूर्वाधार बिकास कार्यालयका प्रमुखहरु सहितको उपस्थितीमा बसेको बैठकले तत्काल सडक मर्मत गर्ने निर्णय गरेको हो ।
वर्षासँगै आएको बाढी, पहिरोका कारण अवरुद्ध भएको सडकहरु आयोजना कार्यालय अन्र्तगत रहेकालाई कार्यालयले मर्मत गर्नेछ । चाडबाड नजिकिँदै गर्दा र वर्षात कम हुँदा अझै सम्म गोरखाको ग्रामिण सडक मर्मत सुरु भएको छैन ।




