| मङ्लबार, कार्तिक २४, २०८३

शनिवार कांग्रेसको गाउँ र नगरको अधिवेशन, गोरखाको ११ पालिकामा कहाँ कसको चर्चा ?

असोज ९ गते शनिवार नेपाली कांग्रेसको नगर तथा गाउँपालिका स्तरीय अधिवेशन हुँदैछ । भदौ १८ गते वडा अधिवेशन सकेर भदौ २७ गते पालिका अधिवेशनको तयारी भएपनि केन्द्रीय समितिले अधिवेशनको मिति फेरबदल गरेपछि अन्ततः आउँदो शनिवार अधिवेशन हुन लागेको हो ।


गाउँ र नगरको अधिवेशनको तयारीका लागि कांग्रेस नेता कार्यकर्ता जुटेका छन् । उमेद्वारका आकांक्षी प्रतिनिधिलाई भेटेर मत माग्नमा ब्यस्त छन् । पालिका स्तरमा चुनाव लक्षित सभा, भेलाहरु हुन थालेका छन् । प्रदेश, जिल्ला, क्षेत्र, पालिका स्तरका नेता भोट माग्न भेटघाटमा ब्यस्त छन् ।


अधिकांस पालिकामा निर्वाचन हुने संकेत देखिएको छ भने केहीमा चुनाब हुने सम्भावना कम देखिन्छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, गण्डकी गाउँपालिका, शहीदलखन गाउँपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, बारपाक सुलिकोटमा चुनाब हुने सम्भाबना बढी छ । चुमनुब्री, धार्चे, भीमसेनथापा, आरुघाट गाउँपालिकामा लगायतमा उमेद्वार बीच मेलमिलापको छलफल चलिरहेको छ ।


गोरखा र पालुङटार नगरको चर्चा अन्य पालिकाको भन्दा धेरै छ । साविक नगर सभापति रहेका चन्दनबाबु खत्री पुन अर्को कार्यकाल दोहो¥याउने कसरतमा छन् भने वडा नम्बर १२ मा कांग्रेसबाट वडाअध्यक्षमा बिजयी भएका दिलबहादुर थापाले पनि नगरसभापतिमा दावी गरेका छन् । यी दुई बीच गोरखा नगरमा निर्वाचन हुने निश्चितप्रायः छ । गोनपा ३ का प्रबिण तिवारीले पनि आफ्नो उमेद्वारी नगर सभापतिमा रहेको बताएका छन् ।


पालुङटार नगरपालिकामा अमर धिताल र बिमल ढकालले नगर सभापतिको दौडमा छन् । धिताल नेपाल विद्यालय संघको राजनीति गर्दै गत स्थानीय निर्वाचमा कांग्रेसबाट वडा नम्क्बर १० का उमेद्वार समेत बनेका थिए । ढकाल नगर समितिको सचिव हुन् ।


चुमनुब्री गाउँपालिकामा सुर्य गुरुङ, धार्चे गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङको चर्चा छ । गण्डकी गाउँपालिकामा अहिले पालिका अध्यक्ष समेत रहेका होमबहादुर रानाको चर्चा छ । गण्डकी गाउँपालिकामा अहिले दिनेश पन्तले पनि उमेद्वारी दिने बताएका छन् ।
आरुघाट गाउँपालिकामा राजु गुरुङ र ज्ञानप्रसाद श्रेष्ठको चर्चा छ । भिमसेन थापा गाउँपालिकामा नारायण भट्टराईको चर्चा छ । दिनेश नरालले पनि उमेद्धवारी दिने बताएका छन् ।


शहीदलखन गाउँपालिकामा वडा नम्बर ८ का अध्यक्ष काशिनाथ अम्गाई, मदनप्रसाद लम्साल, श्रीकृष्ण ढकालले इच्छा जाहेर गरेका छन् ।
सिरानचोक गाउँपालिकामा वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, बिरबहादुर थापाको चर्चा छ । भक्त बहादुर गुरुङ, जयकृष्ण ढकालले पनि सिरानचोक गाउँपालिकाको पार्टी सभापतिमा उमेद्धवारी दिने बताएका छन् ।


अजिरकोट गाउँपालिकामा जंगबहादुर गुरुङ र तयाराज गुरुङ, वुद्धी बहादुर तामाङको चर्चा छ । बारपाक सुलिकोट जितबहादुर घले, केसरी ढकालको चर्चा छ । गुरुङ क्षेत्रिय समिति सदस्य हुन भने ढकाल पूर्व क्षेत्रिय सभापति हुन् ।

प्रतिक्रिया दिनुहोस्