
गोरखामा ८ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ४३ मात्रै
गोरखामा सोमवार आठ जना कोरोना संक्रमित थपिएका छन् ।
गोरखा अस्पतालमा एन्टिजेनबाट एक जना महिला, पालुङटार नगरपालिकामा तीन जना महिला र चार जना पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमवार थपिएका सँगै गोरखामा कोरोनाका संक्रिय संक्रमितको संख्या ४३ पुगेको छ । गोरखा नगरपालिकामा १३, पालुङटारमा ११, भिमसेन थापामा ५, सिरानचोक र आरुघाटमा ४\४ जना, अजिरकोट र धार्चेमा ३÷३ जना रहेका छन् ।
अन्य पालिकामा कोरोनाका संक्रिय संक्रमित छैनन् ।
अहिले सम्म छ हजार तीन सय ३८ जनाले कोरोना जितिसकेका छन् । जिल्ला भित्र पोजेटिभ देखिएका ३१ जना र जिल्ला बाहिर २८ जनाको मृत्यू भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
कोभिड अस्पतालमा उपचाररत सात जना छन् भने सोमवार कोरोना निको भएका ३३ जना छन् ।
पिसिआर ११ हजार ४३ जनाको गरिएको छ भने एन्टिजेन परीक्षण १२ हजार पाँच सय २२ जनाको गरिएको छ ।




