| मङ्लबार, कार्तिक २४, २०८३

आज गोरखाको ९४ वटै वडामा कांग्रेसको अधिवेशन हुँदै

नेपाली कांग्रेस गोरखाले आज दुई नगरपालिका सहित ११ वटै स्थानीय तहका ९४ वटै वडामा अधिवेशन गर्दैछ ।

अधिवेशनको सबै तयारी पूरा भएको र क्रियाशिल सदस्य, निर्वाचन अधिकृत वडा÷वडामा पुगिसकेको कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए ।


‘शुक्रवार सबै वडाको समिति चयन हुनेछ’, न्यौपानेले भने, ‘सबै वडामा सर्वसम्मत समिति चयन गर्न अनुरोध गरेका छौँ । संगठनको हितलाई ध्यानमा राखेर सबैलाई सर्बसम्मत गर्न भनेका छौँ ।’

क्रियाशिल सदस्यको नामावलीसहित वडामा निर्वाचन अधिकारीहरु खटिइसकेका छन् ।
धार्चे र चुमनुब्रीमा बाटो बिग्रिएकाले आउजाउमा समस्या भएको सचिव न्यौपानेले बताए । ‘अहिले उत्तरी गोरखाका वडामा पनि मतदान अधिकृत र क्रियाशील सदस्यहरु पुगिसकेका छन् ।’ अधिकांश वडामा समिति चयन सहज हुने भएपनि प्रतिनिधि छनौट भने सहज नभएको नेताहरुले अनुमान गरेका छन् ।


क्रियाशील सदस्यमध्येबाट वडा समिति चयन गरिनेछ । १५० जनासम्म क्रियाशील सदस्य रहेको वडाबाट १५ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । त्यसमाथि एकसय सदस्य थपिएको खण्डमा थप १० जना प्रतिनिधि थपिनेछन् ।
भदौ २७ गते भने पालिका स्तरको अधिवेशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्