
गोरखा सहित आसपासका क्षेत्रमा लगातार वर्षातले जनजिबन प्रभावित
गोरखा लगायत आसपासका क्षेत्रमा तीन दिन देखि लगातार वर्षात भईरहेको छ ।
वर्षातका कारण सर्वसाधारणको जनजिवन प्रभाबित भएको छ । कच्ची सडकमा सवारी साधन संचालन हुन सकेको छैन भने मोटरसाईकलमा यात्रा गर्नेहरुले जोखिम मोलेर हिड्नुपर्ने बाध्यता छ ।
उत्तरी गोरखाका स्थानीयको दैनिकी पनि वर्षात सँगै कष्टकर बनेको छ । निरन्तर वर्षातका कारण दैनिक कामकाजका लागि सर्वसाधारण घर बाहिर, चरन, खेतवारीमा जान सकेका छैनन् । पैदल हिड्ने बाटो समेत भत्किएको छ ।
ठाउँठाउँमा पहिरो बगेको छ ।
गोरखा सदरमुकामका बजार शनिवारदेखि खुलेपछि वर्षातका कारण अन्य समयमा जस्तो चलहपहल छैन् ।




