
त्रिभुवन पुस्तकालयको भबन बनाउन मोहनलाल श्रेष्ठद्वारा ५ लाख सहयोग
गोरखा नगरपालिका वडा नम्बर ६ तीनधारेमा निर्माण हुन लागेको त्रिभुवन पुस्तकालयको भबन निर्माण गर्नसमाजसेवी मोहनलाल श्रेष्ठले पाँच लाख रुपैयाँ नगद सहयोग गरेका छन् ।
आफ्नो धर्मपत्नी राधादेवी श्रेष्ठकोको स्मृतीमा पाँच लाख रुपैयाँ उक्त पुस्तकालयका लागि सहयोग गर्ने उनले घोषणा गरेका थिए ।
त्रिभुवन पुस्तकालय गोरखाको सबैभन्दा पुरानो पुस्तकालय हो । २०७२ सालको भुकम्पमा भबन जिर्ण भएपछि अहिले त्यहाँ पुस्तकालयको नयाँ भबन निर्माण भईरहेको छ ।




