| बिहिबार, बैशाख ६, २०८१

एक अर्वको कार्यक्रम सकेर विदा भयो अक्सफाम !

दरौँदी : भूकम्प पछि गोरखामा विभिन्न सहायताको कार्यक्रम लिएर भित्रिएको अक्सफाम कार्यक्रम सकेर विदा भएको छ । भूकम्प गएको तेस्रो दिन देखि गोरखाका भूकम्प पिडितलाई सहायता गर्दै आएको अक्सफाम खानेपानी तथा सरसफाईका कार्यक्रमलाई केही समय निरन्तरता दिँदै अन्य कार्यक्रमहरु टुंग्याएर विदा भएको हो । बुधबार सदरमुकाममा सरोकारवालाहरुसँग अहिले सम्म गरेका कार्यक्रमहरुबारे जानकारी गराउँदै कार्यक्रम सकेको अक्फाम गोरखाका प्रवन्धक विजयराज पन्तले जानकारी दिए ।
अक्सफामले करिब तीन वर्षको अबधीमा खानेपानी तथा स्वछता प्रवद्र्धन, आवास निर्माण, जिविकोपार्जन, विपद जोखीम न्यूनीकरण, लैङ्गिक तथा संरक्षण एवं सञ्चार तथा पैरवीको पन्तले जानकारी गराए ।
‘भूकम्प प्रतीकार्य कार्यक्रम गोरखाबाट समापन हुँदैछ’ उनले भने ‘अक्सफामले गोरखामा अहिले गरिरहेको कार्यक्रमबाट बिदा लिँदै छ तर संस्थाले नैं बिदा लिन भने खोजेको होइन । कुनै न कुनै माध्यमबाट गोरखा सँग अक्फाम जोडिरहेको हुन्छ । वास सेक्टरको कार्यक्रम यहाँ केही समय चलिनै रहन्छ ।’ अहिलेसम्म संस्थाले सम्पन्न गरेका बिकासहरुको संरक्षण स्थानीय सरकार ध्यान दिएर निगरानी गरे दिगो हुने पन्तले बताए ।
अक्सफामले गोरखामा विभिन्न तीन संस्थाहरु तुलसी मेहेर यूनेस्को क्लब, गोरेटो गोरखा र एकिकरण नेपालसँग साझेदारी गरेर काम गरेको थियो । सञ्चार तथा पैरवीको लागि रेडियो गोरखासँग साझेदारी गरेर काम गरेको संस्थाले जनाएको छ । खानेपानी तथा सरसफाईमा
तुलसीमेहेर युनिस्को क्लब गोरखाका अध्यक्ष धिरजबहादुर मास्केको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख अतिथीमा जिल्ला समन्वय समितीका प्रमुख अशोककुमार गुरुङ, अतिथिमा जिल्ला समन्वय समितिका अधिकारी नारायण आचार्य, बिभिन्न संद्य संस्थाका प्रतिनिधी, पत्रकार, बिभिन्न गाउँपालीकाका प्रमुख तथा प्रतिनिधी लगाएतको उपस्थीति रहेको थियो । कार्यक्रममा जिल्ला खानेपानी डिभिजन कार्यलयका प्रमुख रत्नप्रसाद लामिछानेले मन्तव्यमा अक्सफामले बिभिन्न ठाउँमा २५ हजार चार सय दुई धारा निर्माण गरिदिएको भन्दै संस्थालाई धन्यबाद व्यक्त गरे ।
कार्यक्रममा पत्रकार महासंद्य गोरखाका अध्यक्ष किशोरङ्ग थापाले भने ‘अक्स्फाम गोरखाले जिल्लामा काम गर्दा भएगरेका कमिकमजोरीलाई सुधार गर्दै बिभिन्न कार्यक्रमहरु सम्पन्न गरी उपभोक्तलाई हस्तान्तरण गरेकाले त्यसको संरक्षण उपभोक्ताले नै गर्नु पर्छ र अक्स्फामले काम थालनी गरेका क्षेत्र तथा अन्य क्षेत्रमा बिकासले पुर्णता नपाएकाले अक्स्फामको गोरखामा फेरी उदय हुनुपर्छ ।’
कार्यक्रममा नारायण आचार्यले मन्तव्य दिएका थिए । ‘अक्स्फामले गरेको काम प्रसंशनीय छ’ उनले भने ‘अक्स्फामका मार्फत आएका बाँकी कामहरुको जिम्मा स्थानीयि तहलाई दिई संस्थाबाट पनि समयसमयमा निरीक्षण गरेमा कार्यक्रम प्रभाबकारी र दिगो हुन्छ ।’
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले अक्स्फामले भूकम्प पछि गोरखामा गरेको बिकास निर्माणको काम उल्लेखनीए रहेको र बिभिन्न ठाउँहरुमा अझैँ बिकास नभएकाले अक्सफामको आबश्यकता रहेकोले यसको उदय फेरी हुनुपर्ने भाव व्यक्त गरेका थिए ।
जिल्ला समन्व्य समितिका अध्यक्ष अशोककुमार गुरुङले अक्सफामको कामप्रती आभार व्यक्त गदैँ अक्सफामले जिल्लामा थप कार्यक्रम ल्याउनु पर्ने बताए ।
अक्सफाम सँगको साझेदारीमा भएको सबै कार्य सफल भएको तुलसीमेहेर युनिस्को क्लब गोरखाका अध्यक्ष धिरजबहादुर मास्केले जानकारी दिए । ‘अक्स्फामले गोरखामा राम्रो कार्यक्रम ल्याएको छ’ उनले भने ‘आजसम्म गरिएका कार्यक्रमको संरक्षण स्थानीय तहबाट नै हुनु पर्छ अनि मात्रै दिगो बिकासको सम्भावना छ ।’

प्रतिक्रिया दिनुहोस्