| मङ्लबार, भदौ ३, २०७६

गोनपाको पहिलो विधेयक नगरसभा सम्पन्न

दरौँदी ः गोरखा नगरपालिकाको हिउँदे विधेयक नगरसभा सम्पन्न भएको छ । संघीय संरचना अनुसार स्थानीय तहको संरचनामा आएपछिको पहिलो अधिवेशन मंगलबार सम्पन्न भएको हो ।
हरमटारीस्थित कबर्ड हलमा सम्पन्न विधेयक नगरसभाले पाँचवटा विधेयक सर्बसम्मत अनुमोदन गरेको छ । गोरखा नगरपालिकाका सूचना अधिकारी प्रकास ढकालका अनुसार प्रथम नगरसभाले आर्थिक कार्यविधि विधेयक २०७४, सहकारी विधेयक २०७४, कृषि व्यबसाय प्रवद्र्धन विधेयक, २० २०७४, शिक्षा विधेयक २०७४ र न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिको सम्बन्धमा बनेको विधेयक २०७४ सर्बसम्मत पास गरिएको छ ।
आर्थिक विधेयकको मस्यौदा उपमेयर बिनाकुमारी श्रेष्ठले पेश गरेकी थिइन् । त्यस्तै सहकारी विधेयकको मस्यौदा वडा नं. १० का अध्यक्ष देवीबहादुर बस्नेतले पेश गरेका थिए । कृषि सम्बन्धी विधेयक वडा नं. १४ का वडाअध्यक्ष रामबहादुर खड्काले, शिक्षा सम्बन्धी विधेयक रहमतुल्ला मियाँले र न्यायिक समिति विधेयक उपमेयर बिनाकुमारी श्रेष्ठले पेश गरेका थिए ।
सभाको अध्यक्षता गरिरहेका नगरप्रमुख राजनराज पन्तले मस्यौदा उपर हुन्छ भन्नेले हुन्छ, भन्नुस, हुन्न भन्नेले हुन्न भन्नुस् भनेपछि सहभागी सबैले एकस्वरमा ‘हुन्छ’ भनेर विधेयक पास गरेका थिए ।
नगरसभामा मेयर, उपमेयर वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा समितिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत गरी ७५ जना सहभागी रहेको सूचना अधिकृत ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्