| मङ्लबार, कार्तिक २४, २०८३

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस मनाइयो

नेपाल निजामती कर्मचारी युनियन गोरखा शाखाको स्थापना दिवस मनाइएको छ । गोरखा सदरमुकामको बालमन्दिर माविको अनाथ बालआश्रमका बालबालिकालाई खाद्यान्न सामग्री प्रदान गरी युनियनले स्थापना दिवस मनाएको हो ।
युनियनका कार्यबाहक अध्यक्ष गणेश रानाको अध्यक्षता तथा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति धिरन थापाको प्रमुख आतिथ्यतामा एक समारोहका बीच खाद्यान्न वितरण गरी दिवस मनाइएको हो ।
सो अवसरमा नेपाली कांग्रेसका सहसचिव लुमनाथ लामिछाने, युनियनका विभागीय महाधिवेशन प्रतिनिधि दीपक कोइराला, बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक अनन्त न्यौपाने र सो विद्यालयका व्यवस्थापन समितिका सदस्य भक्तराम रानाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । युनियनले बालबालिकाहरुका लागि चामल, तेल, फलफूल लगायतका खाद्यान्न सामग्री प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्