| बुधबार, कार्तिक २५, २०८३

जन्मदिनको अवसरमा पारेर विद्यालय पोशाक वितरण

लायन्स क्लब अफ गोरखा डाइमण्ड ३२५ जे नेपालका वर्ष २०२४÷२५ का अध्यक्ष, बिकास बाबु परियारले आफ्नो जन्मदिनको अवसर पारेर बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेका छन् । टेलरिङ व्यवसायी संघ गोरखाका अध्यक्ष समेत रहेका परियारले आईतबार मानव सेवा आश्रम बाल शाखा गोरखाका बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेका हुन् ।
उनले बाल शाखाका २८ जना बालबालिकाहरुलाई एकेक जोरका दरले विद्यालय पोशाक प्रदान गरेका आश्रमले जनाएको छ । जन्मदिनमा भोज भतेर गरेर फजुल खर्च गर्नु भन्दा पढ्ने इच्छा हुँदा हुँदै आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नसकेका बालबालिकाहरुलाई सहयोग गर्नु उचित भएकाले सहयोग गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्