
गोरखाली समाज बेलायतको अध्यक्षमा हेमकुमार गुरुङ
गोरखाली समाज बेलायतको नवौ महाधिवेशन सम्पन्न भएको छ । आइतवार बेलायतमा भएको महाधिवेशनले हेमकुमार गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा टकमाया गुरुङ, ज्ञानेन्द्र आले, महासचिवमा गौतम गुरुङ, सचिवमा राजेन्द्र गुरुङ, कोषाध्यक्षमा जीवन अधिकारी र सहकोषाध्यक्षमा दुर्गा गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा ध्रुव गुरुङ, देव गुरुङ, मन गुरुङ, इन्द्र गुरुङ, ज्ञान राना र दिनेश श्रेष्ठ रहेका छन् ।




