| आइतवार, कार्तिक २३, २०८२

अजीरकोटमा तीनदिने निशुल्क आँखा शिविर सम्पन्न

अजीरकोट गाउँपालिका ३ भच्चेक बजारमा सञ्चालित तीनदिने आँखा उपचार शिविर सम्पन्न भएको छ ।

६७ जनाको मोतियाविन्दूको शल्यक्रिया र ९४५ जनाको आँखाको उपचार गर्दै शुक्रबार शिविर सम्पन्न भएको आयोजक संस्था मुटु फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।
उपचार शिविर सञ्चालन गर्नुअघि पालिकाभित्रका पाँचै वटा वडामा बिरामीहरुको स्क्रिनिङ गरिएको थियो ।

गत चैत १४ गतेदेखि १६ गतेसम्म आँखाका बिरामीहरुको स्कृनिङ र १७ गतेदेखि १९ गतेसम्म अपरेशन तथा उपचार शिविर सम्पन्न भएको गुरुङले बताए ।
अजिरकोट गाउँपालिका, मुटु फाउन्डेसन नेपाल, मनोज एसोसिएसन फ्रान्स र नेपाल आँखा अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
अजीरकोट गाउँपालिकाका प्रमुख फणिन्द्रप्रसाद धितालको अध्यक्षतामा सम्पन्न शिविरको अन्तिम दिन शुक्रबार आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँका पूर्व कार्यकारी निर्देशक तथा बोर्डका उपाध्यक्ष, नेपाली सेनाका पूर्व रथी दमनबहादुर घले, वडाअध्यक्ष तयराज गुरुङ, मुटु फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङ, नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर काठमाडौंका कार्यकारी निर्देशक तथा बरिष्ठ नेत्ररोग बिहे बिशेषज्ञ डाक्टर कमलबहादुर खड्कालगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्