| आइतवार, कार्तिक २९, २०८३

गोरखाको तोमनडाँडाको छेउछाऊ

तोमनडाँडास्थित सरकारी विद्यालय मा स्वास्थ्य शिविर राखिएको थियो । संयोग के थियो भने त्यो विद्यालयमा पढ्ने ८५ प्रतिशतभन्दा बढी विद्यार्थी चेपाङ समुदायका रहेछन् । शिविरमा स्वास्थ्य जाँचका लागि आउने पनि अधिक चेपाङ थिए । संयोगको अर्काे कुरा, यो निम्नमाध्यमिक विद्यालय का प्रधानाध्यापक कुलबहादुर पनि चेपाङ रहेछन् । यो पुसे ठिहीमा एकसरो कमिज र पाइन्ट लगाएर विद्यालय आएका बालबालिका देखेरै अड्कल गर्न सकिन्थ्यो— चेपाङ बस्तीको गरिबी र दुर्दशा । हामी स्वास्थ्य पेसामा लागेका डाक्टरलाई स्वास्थ्यशिविर कुनै नौलो कुरा होइनरु। सामाजिक उत्तरदायित्वको नाममा कहिले यो संस्थाले आयोजना गरेको शिविर होस् वा कहिले ऊ संस्थाले आयोजना गरेको शिविर होस्, त्यसमा गइन्छ नै । यस पटक एउटा संयोग परेर ‘सधैं सुन्दै आएको तर पुग्न नपाएको’ चेपाङ बस्तीमा जाने अवसर पर्रुयो, त्यो पनि सधैं सुनेकोरपढेको चितवनको चेपाङ बस्तीमा होइन, गोर्खाको भित्री चेपाङ गाउँतिररु। यो सन्दर्भमा भर्खरै मिस वल्र्ड प्रतियोगिताकी प्रतिस्पर्धी शृंखला खतिवडाले चेपाङ गाउँमा चलाएको सचेतना अभियानको सम्झना भयोरु। युटुबमा यो भिडियो हेर्ने्बित्तिकै चेपाङ बस्तीमा जान पाए हुन्थ्यो भन्ने लागेको थियोरु । ताइवानको ल्यान्डसिड मेडिकल ग्रुप र गोरखाको गण्डकी गाउँ पालिका, भुम्लिचोक उपस्वास्थ्य चौकीको सहकार्यमा पुसको दोस्रो साता चेपाङ बाहुल्य रहेको बस्तीमा स्वास्थ्य शिविर हुन लागेको थियोरु। हामी निकै रोमाञ्चित थियौं, त्यो भूगोल र बस्ती सम्झेररु। पूर्व–पश्चिम राजमार्गको फिसलिङ विन्दुबाट झोलुंगे पुल हुँदै त्रिशूलीपारि उकालो लागेर हामी गन्तव्यतर्फ लागेका थियौंरु। ताइवानी स्वास्थ्यसेवी टोली, हामी नेपाली डाक्टरसहित २० जनाको टोली भुम्लिचोकतिर उकालियौंरु। आफ्नो गाउँबस्तीमा स्वास्थ्य शिविरको अभियान अघि बढाउन गाउँपालिकाका अध्यक्ष होम बहादुर रानामगर र स्थानीय वडा ६ का अध्यक्ष जीवन गुरुङले देखाएको तदारुकता र हार्दिकता भुम्लिचोक नपुग्दै अनुभूत भइरहेको थियोरु । फिसलिङबाट झन्डै १२ किलोमिटरको उकालोपछि चिसा पानी प्राथमिक विद्यालयको प्रांगणमा हामी पुग्यौंरु। बाटोभर पहेंलपुर सुन्तला फलेका थिएरु। गाउँ–बस्तीको सौन्दर्य आफैंमा मोहक थियोरु। आँखैअगाडि थिए— मनास्लु, गणेश हिमाल (दोस्रोरतेस्रो), लाक्पा दोर्जे, अन्नपूर्ण रेन्जरु। हाम्रो पहिलो रातको बसाइ र चिनाजानीको प्रबन्ध चिसापानी चिसापानी गाउँमा मिलाइएको थियोरु। गाउँमा चिकित्सकको टोली आएको देखेर गाउँलेहरू हर्ष्विभोर देखिन्थेरु। भोलिपल्ट बिहानै हामीलाई भुम्लिचोक पुग्नु थियो, स्वास्थ्य शिविरका लागिरु। गाउँलेको भीड छिचोलेर हामी भुम्लिचोक उपस्वास्थ्य चौकी पुग्यौंरु। ३ वर्षअघिको भूकम्पमा भत्किएको उपस्वास्थ्य चौकी एउटा सहयोगी संस्थाले बनाइदिएको रहेछरु। बिहानै १० बजेदेखि शिविर सुरु गर्ने भनिए पनि गाउँलेहरू घरधन्दा, घाँस दाउरा गरीवरी १२ बजेदेखि केन्द्र आइपुगेका थिएरु। बिरामी दर्ता, स्त्री तथा प्रसूति, जनरल मेडिसिन र अल्ट्रासाउन्ड गर्ने छुट्टै कोठा बनायौं । ताइवानी टोलीले आफूसँग केही औषधि पनि ल्याएका रहेछन्, त्यही औषधि वितरण गर्ने छुट्टै ठाउँ बनायौंरु। ताइवानी प्राध्यापक डा.सु सिच–तिङको टोली भने स्वास्थ्य स्वयमसेवीका रुपमा सेवामा तत्पर भएर बसेको थियो ।पाँच वर्षकी सानी नानीदेखि ९१ वर्षीया आमा धनकुमारी चेपाङ समेत उपचार गराउन शिविरमा आएकी थिइन्रु। धेरैजसो मधुमेहका बिरामी थिए, उच्च रक्तचापका बिरामी पनि निकै भेटिएरु। धेरै महिला भने आफ्नो रोगको हीनताबोध र लाजका कारण खुलेर बोल्नै चाहिरहेका थिएनन्रु। ‘तपाईंलाई के भयो, के समस्या छरु?’ भनेर सोध्दा पनि आमा, दिदीबिहिनीहरू लजाएरै बसिरहन्थेरु। धेरै पटक सम्झाइ बुझाइ गरेपछि मात्रै अधिकांश महिलाले साझा किसिमको समस्या सुनाउन थालेका थिएरु। अधिकांशले तल्लो पेट दुख्ने, योनीबाट सेतो पानी बग्ने, चिलाउने, कहिलेकाहीं रगत बग्ने, मलद्वार गुद्वारबाट केही मासु बाहिर खसेजस्तो हुनेजस्ता साझा समस्या सुनाएका थिए । समस्या त थाहा भयोरु। तर, नापजाँच र निरीक्षण गर्ने कुरामा कठिनाइ थाती नै थियोरु। अर्को चरणमा सम्झाइ बुझाइ गरेपछि र केही नर्स स्टाफ (महिला) लाई अघि सारेपछि मात्रै नापजाँच गर्न सम्भव भयोरु। ताइवानी टोलीले सीमित मात्रै औषधि ल्याएको थियोरु। ‘गाइनो’ (प्रसूति) केसमा प्रयोग हुने औषधि कमी थियोरु। हामीले त्यसै स्वास्थ्य चौकीमा उपलब्ध सरकारी सहयोगका औषधिहरू पनि प्रयोग गर्रुयौंरु। दुस्खको कुरो, ती औषधिहरू कुनै मिति (एक्सपायरी डेट) पुग्न २र३ दिन बाँकी थियो भने कुनै ‘एक्सपायर’ भइसकेका थिएरु। यस्तो लापरबाही किन होलारु? हामीले जिज्ञासा राख्यौंरु। स्वास्थ्य चौकीका सबैजसो ‘मौन’ रहेरु। यसबीच भर्खरै अनमी करारमा नियुक्ति लिएर आएका एक भाइले भने— डाक्टर साब, यी सबै औषधि भूकम्प गएपछिको अप्ठ्यारो बेलामा प्राप्त भएका हुन्रु। त्यसपछि हामीले माथि निकायमा औषधिकै लागि कति पटक पत्राचार गर्रुयौं तर पाउन सकेनौं । ओहो, यो जस्तो विकराल अवस्था के होलारु? निकै व्यवस्थित भवन छ, कर्मचारी पनि छन्रु। तर, स्वास्थ्य मा आधारभूत सेवा दिन सक्ने अवस्था भने छैनरु। कतिसम्म भने सामान्य टाउको दुखेर आउँदा पनि बिरामीले मिति गुज्रिसकेको सिटामोल खानुपर्ने बाध्यता छरु। एउटा ‘इन्फेक्ट–भी’ नामको औषधि हुन्छ जुन ‘योनीमा संक्रमण’ भएका बेला योनीभित्र राखिन्छरु। यो औषधि पग्लेर जान्छ अनि त्यहींको रक्तनलीले सोसेर शरीरभर सम्प्रेषण हुन्छरु। त्यहीं कार्यरत एक जना स्वास्थ्यकर्मी बहिनीले आफूलाई गाइनोसम्बन्धी यस्तै समस्या भएर औषधि प्रयोग गरेकी रहिछन्रु। तर, आज राति औषधि राखेकोमा भोलि बिहानसम्मै जस्ताको तस्तै रहेछरु। अनि मात्रै बल्ल थाहा भएछ— यो औषधिको त मिति पुगि सकेको रहेछ । ती बहिनी लेआफ्नो समस्या र भोगाइलाई सरसर्ती सुनाइन्, हामीले सुनिरह्यौंरु। तर, प्रतिक्रिया केही जनाएनौंरु। प्राध्यापक डा.सञ्जीव शर्माले हालै गरेको एउटा अनुसन्धानले पनि यो देखाउँछ कि सरकारी तवरबाट सहुलियतमा पाइने ७० प्रकारका औषधि सबै अस्पताल र स्वास्थ्य संस्थामा उपलब्ध हुन सकेकै छैनरु। यदि छन् भने पनि मिति गुज्रिसके का अथवा कमसल मात्रै छन् । स्थानीय आधामारे गाउँ बाट आफ्नी श्रीमती सन्तमाया चेपाङ लाई ढाडमा बोकेर शिविरतर्फ आइरहेका थिए—६० वर्षीय सन्त बहादुर चेपाङरु। सन्तबहादुर जो आफैं भीरबाट लडेर टुक्रिएको नलीहाडमा स्टिल लगाएर र लौरोका भरमा मात्रै हिंड्न सक्छन्रु। अहिले उनकी श्रीमती सन्तमायाको पनि खुट्टो मर्किएकाले प्राथमिक उपचारको उपायका लागि उनी शिविर आएका थिए । भुम्लिचोक नजिकै लुकुना गाउँका ४० वर्षे बुद्ध चेपाङ पनि शिविरमा आइ पुगेका थिएरु। अलिक सुस्त गतिमा हिंड्दै आएका थिए उनीरु। हेर्दैमा थाकेका झैं देखिन्थेरु। उनले हातमा बोकेर ल्याएको रिपोर्ट हेरेपछि थाहा भयो, उनको मुटुको देब्रेपट्टिको एउटा भल्भ अलिक साँगुरिएको धेरै भइसकेको भएको रहेछरु। उनले १० वर्षअघि गंगालाल अस्पतालमा मुटु जाँच गराएका रहेछन्रु। तर, अप्रेसन वा थप उपचारमा पैसा नभएकाले उनी जेनतेनको रोगी जीवन बिताइरहेका रहेछन्रु। सरकारले मुटुरोगमा दिने १ लाख रुपैयाँको सहयोग बारे पनि उनी बेखबर रहेछन्रु। अहिले दिनहुँ हिंड्नै नसक्ने गरी सास फुल्न थालेकाले र थकाइ लाग्ने भएपछि केही ओखतीमुलो पाइएला कि भनी उनी शिविर आएका रहेछन्रु। तर, हामीले पनि राम्रो अस्पतालमा गएर उपचार गराउनु बेस हुन्छ भन्ने सल्लाह मात्रै दिन सक्यौंरु। तत्काल अरू उपाय पनि केही थिएन । बिरामी परीक्षणका क्रममा एक जना ६२ वर्षीया चेपाङ आमासँग कुरा हुन पुग्योरु। आमालाई आङ खस्ने समस्या रहेछ अनि, गोरखा जिल्ला अस्पताल मा गएर ‘चुरी’ (रिङ पेरी) राखेर आएकी रहिछन्रु। अस्ति भर्खरै जाँतो पिस्दै चुरी प्याट्ट फुटेको रहेछरु। अनि, गाउँमा लागेको शिविरमा आफ्नो अवस्था सुनाउन र देखाउन बूढी आमा आएकी रहिछन्रु। सामान्य ड्ेरसिङ गरेर आमालाई जिल्ला अस्पताल जान सुझाव दियौंरु। पछि थाहा भयो— त्यो स्वास्थ्य चौकीमा ‘चुरी’ को पनि अभाव रहेछरु। जिल्ला अस्पताल धाएर मात्रै महिलाको यस्तो समस्या सम्बोधन हुने रहेछरु। जिल्लामा जान, आउन र बाटो खर्च त्यो चुरीको मूल्यभन्दा निकै बढी पर्ने रहेछरु।हामीसँगै सामान्य केही ‘स्क्रिनिङ’ पनि गर्न सकिन्छ कि भनेर अल्ट्रासाउन्ड मेसिन पनि लिएर गएका थियौंरु। अल्ट्रासाउन्ड गर्ने क्रममा हामीमध्येका (डा.अमृत देवकोटा) लाई उस्तै समस्या आइपरेको थियोरु। जो महिला वा पुरुषले पनि आफू ठीक भए पनि ‘पेटमा ग्यास निकै धेरै हुन्छ, डा.साब भिडियो एक्सरे गरेर हेरिदिनुपर्रुयो’ भनी सताउन आइरहेका हुन्थेरु। अझ ‘कहिले यो खुट्टा निकै झमझम गर्छ, नसा सुकेको हो कि भिडियो गरिदिनुपर्रुयो’ भनिरहेका हुन्थेरु। गाउँका जान्ने–बुझ्नेले समेत ‘टाउको साह्रै दुख्छ, भिडियो गरिदिनुपर्रुयो अथवा छाती भारी हुन्छ, भिडियो गरिदिनुपर्रुयो’ भन्दै आइरहेका हुन्थेरु। हामीले बिरामी जाँचेर सकेका थियौं तर अल्ट्रासाउन्ड गर्नेहरूको लामा बाहिर गेटसम्मै थियो, साँझ ६ बजेसम्मरु। सबै रोगको उपचार भनेको अल्ट्रासाउन्ड (भीडीओ) हो भन्ने गलत बुझाइ गाउँलेमा रहेछरु। केही महिलाको अल्ट्रासाउन्डमा बच्चा उल्टो बसेको भेटियो र, नजिकैको अस्पताल जान सल्लाह पनि दियौंरु। एक जना महिलाको ‘एम्नियोटिक फुल्ड इन्डेक्स’ (एपीयु) निकै कम भेट्यौं र नजिकैको अस्पताल जान सल्लाह दियौं । त्यो दिनको स्वास्थ्य शिविर पूरा गरेर हामी एक स्थानीय गुरुङ परिवारमा रात बिताउन गयौंरु। ती आफन्तका घरमा वृद्ध बाआमा मात्रै थिएरु। छोराछोरी इलम गर्ने नाममा कता हो कता पुगेका रहेछन्रु। उमेरमा ८० नाघेका बाआमाले मन खोलेर हामीलाई स्वागत गरेरु। भोलिपल्ट बिहानै तोमन डाँडाको सरकारी विद्यालयमा शिविर खडा गर्रुयौंरु। त्यो स्कुलमा पढ्ने ८५ प्रतिशत भन्दा बढी विद्यार्थी चेपाङ रहेछन् र, अझ खुसीको कुरा विद्यालय प्रधानाध्यापक पनि चेपाङ हुनुहुँदो रहेछरु। यो पुसे ठिहीमा एकसरो कमिज र पाइन्ट लगाएर आएका बालबालिका देखेरै अड्कल गर्न सकिन्थ्यो— उनीहरूको गरिबी र दुर्दशा । बिरामी जाँच्ने क्रम सुरु भयोरु। धेरै जना युवक चेपाङमा हामीले उच्च रक्तचाप भेट्यौंरु। जाडोको मौसम रुघाखोकीका बिरामीहरू पनि प्रशस्तै थिएरु। एकजना १४ वर्षीया युवतीसँग साक्षात्कार भयोरु। उनले हालै बिहा गरेकी रहिछन्रु। ‘पर गाउँको मगर केटासँग पोइला गएकी’ रेरु। उनी आफ्नो महिना वारी रोकिएको कारणले देखाउन आएकी रहिछन्रु। के पेटमा बच्चा छ हो (?) भनी सोध्दा उनी र उनका पति मुस्कुराइ मात्र रहेरु। पछि अल्ट्रासाउन्ड गर्दा २ महिनाको बच्चा पेटमा रहेको थाहा पायौंरु। हामी निकै त्रसित भयौंरु। यो बच्चाको के दोषरु? न आमाको उमेर भएको छ, न त बाबुको नैरु। खाने–लाउने कुराको जोहो गर्नै त्यो परिवारलाई मुस्किल छरु। हामी अनुत्तरित भयौंरु। के भन्ने, के नभन्नेरु? के गर्ने, के नगर्ने । अर्की एक जना चेपाङ बहिनी ज्वरो आएर र तल्लो पेट दुख्ने समस्या लिएर शिविर आइपुगिन्रु। काखमा १ वर्षको बच्चा लिएर उनी आएकी थिइन् भने २ वर्षे अर्को बालक नाकबाट सिँगान चुहाउँदै ती बहिनीको घाँटीमा झुन्डिरहेको थियोरु। कुरा खोतल्दै जाँदा, उनले १२ वर्षे उमेरमा विवाह गरेकी रहिछन्, पति १४ वर्षे उमेरका रहेछन्रु। बहिनीले १४ वर्ष नटेक्दै पहिलो सन्तान पाएकी रहिछन्, ‘त्यसपछि त म बर्सौंदे’ भन्दै उनी हाँस्दै थिइन्रु। अहिले उनको उमेर मात्र १७ पुगेको छरु। यस्तै कहालीलाग्दो दृश्य एकपछि अर्को गर्दै देखिएको थियो— चेपाङ बस्तीमारु। यस्तै–यस्तै एकपछि अर्को अनेक खालका समस्या हेर्दै हामी शिविर चलाइरहेका थियौंरु। एक हितकारी संस्थाले ती चेपाङ बालबालिकालाई टिफिन बक्स र पानी खाने तुमलेट बाँडिरहेको थियोरु। स्वयंसेवी डीबी लामा, बुद्धसिंह गुरुङ र ताइवानी संस्थाको सहकार्यमा ती २ सय चेपाङ बच्चालाई ज्याकेट वितरण गरेका थिएरु। यो भेगमा लुतो (फंगल इन्फेक्सन), महिलामा तल्लो पेटको समस्या, बालबच्चामा कुपोषण, पुरुषमा उच्च रक्तचाप, नाबालक उमेरमै बिहा र लगत्तै प्रसूति रोगका अनेक कठिनाइ चेपाङ बस्तीमा गढेर बसेको रहेछ । आफ्नो स्वयंसेवी स्वभाव, फुर्सदको समय र स्वेच्छिक तालिकामा एक पटकलाई चेपाङ बस्ती पुगेका थियौंरु। तर, यो एक पटकले मात्रै केही नहुने रहेछ भन्ने अठोट हामीले बनाएका छौं ।
साभार तथा सर्वाधिकार ः कान्तिपुर कोशेलीर

प्रतिक्रिया दिनुहोस्