| शुक्रबार, साउन २८, २०८३

कमजोर जनगणना, फितलो मतदाता नामावली अद्यावधिक

तथ्यमा आधारित तर्क नै सबैभन्दा भरपर्दो हुन्छ, तर तथ्याङ्क नै मिथ्यांक भए के हुन्छ ?
जनगणना सकिए पछि थाहा भयो, गोरखा नगरपालिका १०, वीरेन्चोकको एउटा टोलमा गणक नै पुगेका रहेनछन् । सदरमुकामकै यस्तो अबस्थाले दूरदराजका गाउँमा कसरी जनगणना भए भन्ने स्पष्ट प्रतिविम्बित गर्छ ।


कुराकानीका क्रममा धेरै घटना थाहा भयो कि, जनगणना सम्पन्न भइसक्दा पनि कतिपय परिबारले गणक नै देखेनन्, भेटेनन् । तैपनि जनसंख्याको एउटा खाका बजारमा आएको छ ।

जे जसरी भए पनि राष्ट्रिय अभियान सम्पन्न भएको छ, त्यसको नतिजा हालै देखियो कि, मतदाता संख्या र जनसंख्या झण्डैझण्डै उस्तैउस्तै आयो । गोरखाकै चार वटा गाउँपालिकामा त झन मतदाता संख्या भन्दा पनि जनसंख्या कम देखियो ।


सिरानचोक गाउँपालिका, भीमसेनथापा गाउँपालिका, शहीदलखन गाउँपालिका र गण्डकी गाउँपालिकामा जनसंख्या भन्दा मतदाता संख्या धेरै भए । कसरी यस्तो भयो ? गोरखाको जनसंख्या दुईलाख ५१ हजार, मतदाता संख्या दुईलाख १९ हजार । अन्तर रह्यो ३१ हजार । १८ बर्षभन्दा माथिकाको नाम मात्र मतदाता नामावलीमा दर्ज हुन्छ । के गोरखामा १८ बर्षमुनिका बालबालिकाको संख्या ३१ हजार मात्र होला ?


सम्बन्धित कार्यालयले सहरमा बस्नेले जनगणना सहरबाटै गराएका तर मतदाता नामावली गाउँबाटै संकलन गराएका भन्ने आधार पेश हुनसक्ला । नामावली दोहोरिएका जस्ता कारणहरु केही तेस्र्याउलान्, तर त्यो किमार्थ पर्याप्त चित्तबुझ्दो हुदैन ।


जनगणनाको काम कसरी सम्पन्न भएको रहेछ, मतदाता नामावली संकलन र अद्यावधिक कार्य कस्तो रहेछ भन्ने कुरा अहिलेको नतिजाले देखाएकोछ ।


बिगत र वर्तमान जे जसो भयो सकियो, आगामि जनगणना र आगामि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यका लागि यो गतिलो पाठ बनेको छ ।

प्रतिक्रिया दिनुहोस्