| मङ्लबार, कार्तिक २४, २०८३

विदा भएका सिडिओसाबप्रति चुमनुब्रीबासीको सम्झना


गणेश कार्की, सिर्दिबास


गोर्खा जिल्लाका निबर्तमान प्रमुख जिल्ला अधिकारी सालिग्राम शर्मा पौडेलज्युलाई जसपा चुमनुब्री पार्टी कमिटि संयोजकको तर्फबाट र मनास्लु पर्यटन ब्यबस्थापन संयुक्त उपसमितिको अध्यक्ष गणेश कार्की तथा चुमनुब्रीबासीहरुको तर्फबाट अबिस्मरणीय सम्झना तथा मुरीमुरी धन्यवाद भन्दछु ।


यसअघिका प्रमुख जिल्ला अधिकारी पनि आफ्नो कार्यकाल समाप्त गरी सरुवा भई जानु भएको थियो । तर उहाँ सरुवा भएर जानुभएपछि मलाई उहाँको स्मरणमा एउटा लेख सार्वजनिक गरुँ गरुँ लागिरह्यो । यसको कारण हो, उहाँले चुमनुब्रीबासीप्रति गर्नुभएको आगाध स्नेह ।
सदियौदेखि चुमनुब्रीबासीहरुले दुर्गम र विकटताको नियति भोग्दै आएका छन् । अझै डेढ बर्षदेखि कोरोना र लकडाउनका कारण दुर्गमका हामी चुमनुब्रीबासीमा अझै ठूलो चोट परेको छ ।


यस बर्ष २०७८ को सुरुतिर हामी चुमनुब्रीका जसपाको नेतृत्वमा स्थानीयबासी, ब्यबसायी, तथा विभिन्न राजनीतिक पार्टी समर्थित बुद्धिजीबि र सामाजिक अगुवाहरुले दुर्गमको दुख, यसका कारण र समाधानका उपायहरुका बारेमा छलफल गर्न एक भेला ग¥यौँ । भेलाले एउटा निश्कर्ष निकाल्यो र सञ्चारमाध्यम मार्फत सार्वजनिक ग¥यो । त्यस लगत्तै उहाँ प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल चुमनुब्रीबासीहरुको समस्या यथार्थ रुपमा बुझ्न र स्थानीय प्रशासनहरुको अनुगमन र निरीक्षणको निम्ति जिल्लाका सम्पूर्ण कार्यालय प्रमुखहरूको नेतृत्व सम्हालेका अधिकारीहरु साथमा लिएर वैशाख पहिलो साता चुमनुब्री भ्रमण गर्न आउनुभयो । त्यतिबेलाको उहाँको निर्देशनले धेरै नै राहत महशुस भएको थियो ।


त्यस्तै गत असार १ गते बुढीगण्डकीमा आएको घातक बाढी पहिरोको कारण सल्लेरीगाउँ बगायो । नवगठित प्रदेशसरकारका मन्त्री हरिशरण आचार्य र उहाँ सिडियोसँग समन्वय गरी टेण्ट, खाद्यन्न, कम्बल राहतस्वरुप बाँड्न सफल भयौँ । त्यस्तै उहाँले नेतृत्व गरेको जिल्ला बिपत व्यबस्थापन समितिमार्फत अल्पकालीन राहत रकम पीडितहरुलाई हेलिकप्टरबाट मार्फत ल्याई बितरण गरियो । यसले पीडित सल्लेरीबासीलाई ठूलो सान्त्वना मिलेको थियो ।


फेरि असार ८ र ९ गतेको बुढिगण्डकीको बाढी, पहिरोले जगत बगरमा बाटो बन्द ग¥यो । प्रदेश सरकारसँग समन्वय गरी एकसय वटा ग्याबिन हेलिकप्टरबाट जगत बगर झारी तत्काल बाटो खुलाउन सफल भयौँ । यसमा पनि प्रजिअ शर्मा पौडेलको भूमिका अविस्मरणी छ ।
बुदिगन्दकिको कारण चुमनुब्रीमा नाका बन्दी हुदा खाद्यान्न संकट हुन नदिन आर्मीको हेलीबाट खाद्यान्न उपलब्ध गर्न विशेष भूमिका उहाँले नै खेल्नुभयो । कोरोना विरुद्धको भेरोलेस खोप छिटोभन्दा छिटो हेलिकप्टरबाट चुमनुब्री पु¥याई त्यहाँका त्रसित जनताको जिउधन रक्षा गर्न पनि उहाँ सफल हुनुभयो । सँधै दुर्गम चुमनुब्रीकाबासिन्दाहरुको दुखकष्टमा ध्यान दिई रहने उहाँले चुमनुब्रीबासीको मन जित्न सफल हुनुभएको थियो । उहाँर्लाइ सिँगो चुमनुब्रीबासीको तर्फबाट हृदयदेखि मुरीमुरी धन्यवाद ।


हजुरको सकृयता र सहयोग्को भूमिकाको लागि चुमनुब्रीबासिले सँधै सम्झना गरिरहनेछ ।


नयाँ आउनुभएका प्रजिअज्युले पनि हामी चुमनुब्रीबासीहरुको दुख र कष्टमा पौडेलले झै चासो र चिन्ता गरी हाम्रो घाउमा मल्हम लगाउने काम गर्नुहुनेछ भन्ने आशा छ ।

प्रतिक्रिया दिनुहोस्