
मानुषीको कथा समेटिएको डकुमेन्ट्रिलाई अन्तर्राष्ट्रिय पुरस्कार
दरौंदी : नयाँशक्ति नेपालका संयोजक एवम पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई तथा नेत्री हिसिला यमीकी छोरी मानुषी यमी भट्टराईमाथि बनेको डकुमेन्टूी फिल्म ‘डटर अफ नेपाल’ ले भारतको सातौं स्मिता पाटिल अन्तर्रा्ष्टिूय फिल्म फेस्टिवलमा उत्कृष्ट डकुमेन्टूी फिल्म अवार्ड जितेको छ । फिल्मलाई भारतकी सुरभी दिवानले बनाएकी हुन् । फिल्ममा ९० दशकको मध्यमा मानुषीका बाबुआमाको १२ वर्ष लामो द्वन्द्वमा जाने निर्णयले भारतमा ९ वर्षीया मानुसीले नयाँ नाममा बिताएका समयहरू र तिनले उनमा पारेको प्रभाव र भोगाइहरूलाई प्रस्तुत गरिएको छ । उक्त डकुमेन्टूी फिल्मले द्वन्द्वको नदेखिएको पाटो र उनको पारिवारिक, सामाजिक तथा देशप्रतिको माया प्रस्तुत गरेको छ । यस डकुमेन्टूी फिल्म नौ वर्ष लगाएर तयार गरिएको हो ।




