
सामागाउमा सातदिने मेला सुरु
चुमनुब्री १ सामागाउँमा तीनबर्षमा एकफेर हुने सात दिने घ्यूमेला सोमबारदेखि सुरु भएको छ । गुम्बाहरुमा आवश्यक घ्यू संकलन गर्ने मेलाको रुपमा चिनिने मेला सोमबारदेखि सुरु भएको वडा अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए ।
‘मेलामा देवदेवीको नाटक गरी लाखे नाच नाचिन्छ’, वडा अध्यक्षले भने, ‘कसैकसैले घरघरमा नाचगान गर्न बोलाउँछन् । त्यहाँ नाचेर घ्यू संकलन गरिन्छ ।’ सो घ्यू सामागाउँमा रहेका सार्बजानिक गुम्बाहरुमा बत्ती बाल्न प्रयोग गर्ने उनले बताए ।




