| मङ्लबार, बैशाख १, २०८३

उत्तरी गोरखाको कथा व्याथा बोकेको म्युजिक भिडियो सार्वजनिक

कर्णालीको पीडा बोकेको रेलको बाटो बोलको गीतका गायक सुरज पण्डितको स्वरमा सजिएको उत्तरी गोरखाको कथा ब्याथा बोकेको म्युजिक भिडियो सार्वजनिक भएको छ । भौगोलिक विकटताका कारण उत्तरी गोरखाका बासिन्दाले भोग्दै आएका दुख, पीर तथा समस्यालाई उजागर गर्ने सो गीतको म्युजिक भिडियो सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतले राजधानी सहरले नदेखेको उत्तरी गोरखा जस्ता दुर्गम बस्तीका बासिन्दाले भोगिरहेका समस्याहरु अभिव्यक्त भएका छन् । हिमाली भेगमा अवस्थित चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा सो म्युजिक भिडियोको छायांकन गरिएको छ ।

प्रेम पौडेलको शव्द रचना रहेको सो गीतमा गाउँका पीडा सहरले नदेखेको, चुनाव जितेर गएका नेताहरु गाउँमा नफर्केको, विदेश जाने लाइनमा रहेका युवाहरुले स्वदेशको आवाज सुनेर नपर्खेको, विकास र संवृद्धिको नारा कागजमा मात्र सीमित रहेको अबस्था दर्शाइएको छ ।

सुरज पण्डितको स्वर तथा संगीत रहेको सो गीतमा सुरज पण्डित स्वयं, स्थानीय कलाकार सोनाम छिरिङ, मोडल जोनिशा गुरुङलगायतको अभिनय रहेको छ ।

सो गीतको युटुव लिंक ः https://www.youtube.com/watch?v=hdU77r5D5GA&list=RDhdU77r5D5GA&start_radio=1

प्रतिक्रिया दिनुहोस्