| आइतवार, अशोज १०, २०८३

मुनलाइट नेपालद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

सामाजिक सेवामा क्रियाशित संस्था मुनलाइट सोसाइटी नेपालले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले जिल्लाभर पाँच विद्यालयका १६५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका सचिव भरत तिवारीले बताए । उनका अनुसार संस्थाले गोरखा नगरपालिका र भीमसेनथापा गाउँपालिका अन्तरगतका विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यालयहरुको सिफारिसको आधारमा शैक्षिक सामाग्री वितरण गरिएको उनको भनाई छ ।

विद्यार्थीहरुलाई पठन पाठनमा सहजता पु¥याउने उद्देश्य सहित आर्थिक रूपले विपन्न विद्यार्थीहरूलाई लक्षित गरेर शैक्षिक सामाग्री वितरण कार्यक्रम सञ्चालन गरिएको संस्थाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्