
सांग्रिला डेभलपमेन्ट बैंकद्धारा विद्यार्थीहरुलाई झोला वितरण
सांग्रिला डेभलपमेन्ट बैंक घ्याम्पेसाल शाखाले बिद्यार्थीहरुलाई झोला वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत वुधवार भिमसेनथापा गाउँपालिका–१ को दुल्लभ मावि र वडा नम्वर ७ देउरालीस्थित शैलपुत्री माविका बिद्यार्थीलाई झोला वितरण गरिएको बैंकका शाखा प्रमुख चित्रबहादुर भट्टले बताए ।
कुल ४२ जना बिद्यार्थीलाई झोला वितरण गरिएको उनले जानकारी दिए । साथै वित्तिय साक्षरता कार्यक्रम समेत गरिएका बताइएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रध्यानध्यापक, शिक्षक एवं अभिभावकहरुको उपस्थितीमा झोला वितरण गरिएको बैंकले जनाएको छ ।




