
द्रव्यशाह क्याम्पस गण्डकी प्रदेशकै उत्कृष्ट पाँचभित्र पर्न सफल
द्रव्यशाह बहुमुखी क्याम्पस गण्डकी प्रदेशभित्रका सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट पाँचभित्र पर्न सफल भएको छ । राष्ट्रिय शिक्षा पुरस्कारका लागि सिफारिस तथा प्रदेश शिक्षा पुरस्कार वितरण मापदण्ड २०८१ बमोजिम उक्त क्याम्पसले उत्कृष्ट नजिता हासिल गर्न सफल भएको शिक्षा बिकास निर्देशनालय पोखराले जनाएको छ ।
उत्कृष्ट पाँचभित्र पर्न सफल उक्त क्याम्पसलाई राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर वुधवार शिक्षा बिकास निर्देशनालय पोखराले नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरेको छ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा अवस्थित उक्त क्याम्पस प्रदेशभित्रका ८३ वटा सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट पाँचभित्र पर्न सफल भएको हो ।




