| सोमवार, अशोज ११, २०८३

ओल्ड क्यापिटल स्कूललाई फोकस नेपालद्वारा राष्ट्रिय शिक्षा सम्मान

गोरखा नगरपालिका –८ रानीवनमा सञ्चालित द ओल्ड क्यापिटल मावि राष्ट्रिय शिक्षा सम्मान २०८१ प्राप्त गर्न सफल भएको छ । आइतबार फोकस नेपालद्वारा आयोजित सम्मान कार्यक्रममा देशभरका माविहरुमध्यबाट ओल्ड क्यापिटल स्कूल यसबर्षको उत्कृष्ट माविका रुपमा सम्मानित भएको हो ।

देशभरिबाट पाँचवटा मावि उत्कृष्ट छनोट भएकोमा ओल्ड क्यापिटल मावि पनि उत्कृष्ट घोषित भएको हो । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलका अनुसार गोरखाको द ओल्ड क्यापिटल मावि, काठमाडौंको साउथ वयस्टन स्टेट कलेज, विराटनगरको मेरिल्याण्ड मावि र शिक्षाद्वीप मावि धनगढी र सुदुरपश्चिमाञ्चल एकेडेमी उत्कृष्ट माविमा पर्न सफल भएका हुन् ।

समग्रमा एसईईको नतिजालाई आधार मानेर उत्कृष्ट मावि छनोट गरिएको उनले जानकारी दिए । ‘पर्याप्त भौतिक पूर्वाधार, दक्ष र अनुभवी शिक्षक शिक्षिकाहरुबाट अध्यायन अध्यापन, समयाअनुकूल प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान, अतिरिक्त क्रियाकलाप, दक्ष शैक्षिक जनशक्ति उत्पादन र देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै विगतका वर्षहरुको परिक्षाको नतिजालाई आधार मानेर देशभरिका माविहरुबाट उत्कृष्ट मावि घोषित हुन सफल भएकोमा र शिक्षा क्षेत्रमा दिएको सेवा र त्यसको निरन्तरताको प्रशंसा गर्दै राष्ट्रिय शिक्षा सम्मान –२०८१ द्वारा सम्मान गर्दछौँ ’ उक्त सम्मान पत्रमा उल्लेख गरिएको छ ।

यस्तै लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पु¥याउदैँ आएका ओल्ड क्यापिटल माविका प्रधानध्यापक जनक केसी पनि सम्मानित भएका छन् । एउटै विद्यालयमा दशकौँदेखि कार्यरत रही उत्कृष्टता प्रदर्शन गरेको, शिक्षा क्षेत्रमा विशेष सेवा र योगदान गरेको भन्दै फोकस नेपालले प्रिन्सिपल केसीलाई राष्ट्रिय शिक्षा सम्मान प्रदान गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्