| आइतवार, अशोज १७, २०८३

गर्मी बढ्दै जादा आँबुखैरेनीका सबै विद्यालयहरु आईतबारदेखि एक साता बन्द हुने

दिनप्रतिदिन गर्मी बढेसँगै तनहुँ आँबुखैरेनी गाउँपालिकाका सबै विद्यालयहरु बन्द हुने भएका छन् । बिहिबार गाउँपालिकाले एक सूचना जारी गर्दै आईतबारदेखि एक साता विद्यालय बन्द गर्न निर्देशन दिएको छ । 

अध्याधिक गर्मी बढ्दै जादा विद्यालयमा हुने पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने भएकाले वर्षे विदाबाट कट्टि हुने गरी सबै विद्यालयहरु एक साता बन्द गर्न निर्देशन दिएको गाउँपालिकाले जानकारी दिएको छ । 

352543545_6395784483776953_5993006440088370152_n.jpg
प्रतिक्रिया दिनुहोस्